सामसङले एन्ड्रोइड १५ मा आधारित वन यूआई ७ अपडेट ल्याउने तयारी गरेको छ ।
कम्पनीले यो अपकमिङ सफ्टवेयरलाई थुप्रै विशेष सुविधाहरूका साथ ल्याउँदैछ। सामसङले खुलासा गरेको छ– यस अपडेटको बीटा भर्सन पहिले रिलिज गरिनेछ । त्यसपछि फाइनल भर्सन रोलआउट हुनेछ ।
कहिले रिलीज हुनेछ अपडेट ?
सामसङले नोभेम्बरको मध्यसम्ममा टेस्टर्सका लागि वन यूआई ७ बीटा रोलआउट गर्ने योजना बनाएको छ।
शुरूमा गत अगस्टमा नै बीटा भर्सन आउने अपेक्षा थियो, तर त्यतिबेला सम्भव भएन ।
फाइनल भर्सन भने सम्भवतः ग्यालेक्सी एस २५ सिरिजका साथ आउने सम्भावना छ।
कसले सबैभन्दा पहिले पाउनेछ अपडेट ?
सामसङ ग्यालेक्सी एस २४ सिरिज वन यूआई ७ अपडेट प्राप्त गर्ने पहिलो स्मार्टफोन हुन सक्छ ।
वन यूआई ७ का सम्भावित विशेषता
वन यूआई को पछिल्ला भर्सनहरूमा जस्तो सामसङले आफ्नो एन्ड्रोइड १५ मा आधारित वन यूआई ७ को विशेषताबारे सार्वजनिक दिएको छैन ।
तर, केही सम्भावित विशेषताहरू बाहिरिएका छन् । यस अपडेटमा डायलर, म्यासेज, ग्यालरी, क्याल्कुलेटर र क्लक एप्सका आइकनहरूमा नयाँ कलर देख्न पाइनेछ। साथै, नोटिफिकेसन ह्यान्डलिङमा पनि सुधार हुने अपेक्षा गरिएको छ।
वन यूआई ७ मा ग्यालरी एपका लागि नयाँ एआई सुविधाहरू पनि आउनेछन्, जसले प्रयोगकर्तालाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर आफ्नो पोर्ट्रेट इमेजलाई "रीस्टाइल" गर्ने अनुमति दिनेछ।
यससँगै स्केच टु इमेज सुविधा पनि समावेश गरिनेछ। सामसङ ग्यालेक्सी स्मार्टफोनहरूलाई यस वर्षको सुरुवातमा गूगल आईओमा देखाइएको गुगलको होमवर्क हेल्प फिचरको समर्थन प्राप्त हुने अपेक्षा पनि गरिएको छ ।