०९ साउन २०८३, शनिबार

नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश

कात्तिक १८, २०८१
विराटनगर
नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश

सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको लिग चरणको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पराजित गरेसँगै उसले उपाधि भिडन्त पक्का गरेको हो ।  ​

प्रतियोगिताअन्तर्गत पाँच खेल खेलेको सुदूरपश्चिमले चार  खेलमा विजयी हुँदै आठ अङ्क जोडेको छ । सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ ।​

सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोशी प्रदेशसँग खेल्ने छ ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय २९ रन बनायो । 

बागमतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए । यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११  रन बनाए । बलिङतर्फ सुदूरपश्चिम यूवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । 

एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए । यस्तै नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दीपक रोकायाले अविजित १२ रनको योगदान दिए । 

बलिङतर्फ बागमतीका दीपक सेरलाले दुई विकेट लिए ।

आजै बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव एक बलमा सबै विकेट गुमाएर एक सय एक रनको योगफल बनायो ।

एक सय दुई रनको लक्ष्य गण्डकीले २६ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । गण्डकीले सबै ६ खेल खेल्दा तीनमा जीत हात पार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

कर्णाली पनि हालसम्म खेलेका पाँच वटै खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिएको छ ।  

सोमबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्