२२ असार २०८३, सोमबार

चारदोबाटोमा बस र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

कात्तिक १९, २०८१
काठमाडौं
चारदोबाटोमा बस र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल र बस ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्य भएको भएको छ । 

भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा प्र ०१–००६ख २९९६ नं को मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नं को मोटरसाइकल हिजो आपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्