१३ असार २०८३, शनिबार

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु

कात्तिक १९, २०८१
अर्घाखाँची
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढुङ्गे देउरालीमा आइतबार साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्