०३ साउन २०८३, आइतबार

युनिभर्सिटीले ‘दुर्व्यवहार’ गरेपछि लुगा फुकालेर विरोधमा उत्रिइन् युवती [भिडियो]

कात्तिक १९, २०८१
काठमाडौं
युनिभर्सिटीले ‘दुर्व्यवहार’ गरेपछि लुगा फुकालेर विरोधमा उत्रिइन् युवती [भिडियो]

इरानमा हिजाब विरुद्धको विरोधमा अर्को अध्याय थपिएको छ । यहाँ एक युनिभर्सिटीमा एक युवतीले हिजाबको विरोध गर्दै आफ्नो लुगा फुकालेकी छन् । उनी अंडरवियर लगाएर इरानको सडकमा घुमिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । 

सामाजिक सञ्जालमा भाइरल भिडियोमा युनिभर्सिटीका गार्डहरूले युवतीलाई हिरासतमा लिन खोजिरहेका छन्। धेरै गार्डहरूले उनलाई कारभित्र बसाउन निरन्तर प्रयास गरिरहेका छन्, तर उनले विरोध गरिरहेको देखिन्छ । 

तर गार्डहरूले अन्ततः उनलाई नियन्त्रणमा लिन्छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार भिडियो इस्लामिक आजाद विश्वविद्यालयको एउटा शाखाको हो । यसबारे विश्वविद्यालयका प्रवक्ता आमिर महजुबले भने, 'हामीले केटीलाई प्रहरी चौकी लगेर गयौं । जहाँ उनी गम्भीर मानसिक दबाब अर्थात् दिमाग स्थिर नभएको पाइएको थियो । अनुसन्धानपछि उनलाई मानसिक अस्पतालमा सारिनेछ ।'

तर, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त महिलाले जानाजानी र हिजाबको विरोधमा यो यस्तो गरेको बताएका छन् । उनको यो काम इरानी महिला स्वतन्त्रताको लडाइको सशक्त आवाज भएको उनीहरूको भनाइ छ ।

भिडियो

 

 

salt training

कमेन्ट गर्नुहोस्