१२ असार २०८३, शुक्रबार

नेपालगञ्जमा दुइटा मोटरसाइकल आपसमा ठोक्किए, एक जनाको मृत्यु

कात्तिक १९, २०८१
बाँके
नेपालगञ्जमा दुइटा मोटरसाइकल आपसमा ठोक्किए, एक जनाको मृत्यु

नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक गम्भीर घाइते भएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे६प ८०२ नं र ज३प ७१७१ नंको मोटरसाइकल आपसमा ठोक्किँदा  नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन् । 

घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको छ । 
 
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकामा चिकित्सकले कसौधनलाई गएराति नै मृत घोषणा गरेका थिए । 

लखनऊ प्रेषण गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले प्रमुख पन्तले बताए ।

salt training

कमेन्ट गर्नुहोस्