१० साउन २०८३, आइतबार

भारतको अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

कात्तिक १९, २०८१
काठमाडौं
भारतको अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । अल्मोडाको मार्चुलामा यात्रुले भरिएको बस सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट १५० मिटर तल खोल्सामा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको हो । बसमा ४५ जना सवार थिए । 

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार कार्य भैरहेको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ । 

समाचारमा जनाइएअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरूलाई अस्पताल पठाइएको छ । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार पुष्कर सिंह धामीले पौरी र अल्मोडाका एआरटीओ अधिकारीहरूलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

साथै मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्