१० असार २०८३, बुधबार

बौद्धमा जुवा खेलिरहेका २० जना पक्राउ

कात्तिक १९, २०८१
काठमाडौं
बौद्धमा जुवा खेलिरहेका २० जना पक्राउ

काठमाडौंको बौद्धमा जुवा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका- ६ बौद्ध रामहिटीस्थित रामनगर पार्टी प्यालेस नजिकै सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार प्रहरीले उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।

प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्