२३ असार २०८३, मंगलबार

गाईबाच्छा संरक्षणका लागि देउसीभैलो, २ लाख ४४ हजार रुपैयाँ  संकलन​

कात्तिक १९, २०८१
काठमाडौं
गाईबाच्छा संरक्षणका लागि देउसीभैलो, २ लाख ४४ हजार रुपैयाँ  संकलन​

​गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट रु दुई लाख ४४ हजार तीन सय १६ सङ्कलन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ ।

दुई सयको सङ्ख्यामा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो । ​​

देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान पुडासैनीले जानकारी दिए । देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन् ।

आजीवन सदस्यताबाट रु दुई लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ । ​

गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो । यस अभियानमा आबद्धले काठमाडौं उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् ।

अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्