२६ असार २०८३, शुक्रबार

विश्वास गर्ने वातावरण नदेखिएको भन्दै इजरायली प्रधानमन्त्रीले गरे रक्षामन्त्रीलाई बर्खास्त

कात्तिक २१, २०८१
काठमाडौं
विश्वास गर्ने वातावरण नदेखिएको भन्दै इजरायली प्रधानमन्त्रीले गरे रक्षामन्त्रीलाई बर्खास्त

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् ।  

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।  

युद्धको शुरूआती समयमा विश्वाससहितका कामहरू भए पनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ । 
 
रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताए ।

बर्खास्त भएपछि ग्यालन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने वाचा गरेका छन् । सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैं लागिरहने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्