२० असार २०८३, शनिबार

विश्व बजारमा आक्रामक व्यापार गर्दै बीवाईडी, एकै महिनामा ५ लाख युनिट बिक्री

कात्तिक २१, २०८१
काठमाडौं
विश्व बजारमा आक्रामक व्यापार गर्दै बीवाईडी, एकै महिनामा ५ लाख युनिट बिक्री

विश्व बजारमा आक्रामक व्यापार विस्तार गर्दै गरेको बीवाईडीले एकै महिनामा ५ लाख युनिट गाडीहरू बिक्री गरेको छ ।

चिनियाँ विद्युतीय गाडी ब्रान्ड बीवाईडीले विश्वभर अक्टोबरमा मात्रै ५ लाख २ हजार ७५७ युनिट कारहरू बिक्री गरेको हो ।​

जबकि सन् २०२३ को अक्टोबरमा बीवाईडीले ३ लाख १ हजार ९५ युनिट कारहरू बिक्री गरेको थियो । सन् २०२३ भरि नै कम्पनीले ३० लाख २४ हजार ४१७ युनिट गाडी बिक्री गरेको थियो ।

बीवाईडीले सन् २०२२ मा  १८ लाख ६३ हजार ४९४ युनिट गाडी बिक्री गरेको थियो । हरेक वर्ष बीवाईडीले आफ्नो व्यापारलाई विश्वभर बढाउँदै लगेको छ ।

null

विश्व ईभी बजारमा शीर्ष स्थान बनाउन सफल बीवाईडीले आफ्नो व्यापार ६६ प्रतिशत बढाएको छ । 

एडभान्स, लक्जरी तथा स्मार्ट कारहरूको उत्पादनले बीवाईडीलाई विश्व बजारमा पहिले स्थानमा काम राख्न सफल भएको कम्पनीको दाबी छ ।​​

नवीकरणीय ऊर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बीवाईडी सन् १९९५ स्थापना भएको चिनियाँ कम्पनी हो ।

null

जापानबाट चीनमा आयात हुने ब्याट्रीहरूलाई विस्थापित गर्न प्रतिस्पर्धी बनेर आएको बीवाईडीले सन् २०२२ अप्रिलबाट कम्बस्टन इन्जिन गाडीहरूको उत्पादन बन्द गरेर विद्युतीय गाडी मात्रै बनाउन शुरू गरेको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्