
राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पौडेलले ट्रम्पको दोस्रो कार्यकालका लागि शुभकामना दिएका हुन् ।
ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।
कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प दोस्रोपटक निर्वाचन बनेका हुन् ।