१६ असार २०८३, मंगलबार

चितवनको पुङ्गी खोला किनारका घरधनी आफैंले भत्काउन थाले मापदण्ड विपरीतका संरचना

कात्तिक २२, २०८१
चितवन
चितवनको पुङ्गी खोला किनारका घरधनी आफैंले भत्काउन थाले मापदण्ड विपरीतका संरचना

भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन शुरू गरेपछि घरधनी आफैंले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित  संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् ।
 
गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैंले भत्काउन थालेको बताए । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैंले भत्काइरहेका छन् । 
 
 पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट छ करोड ६५ लाख बजेट विनियोजन भएको छ । 
 
बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र  त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । 

नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।

salt training

कमेन्ट गर्नुहोस्