११ असार २०८३, बिहीबार

भित्राउने बेलाको धानबालीमा गभारो, पराल पनि बिग्रियो

कात्तिक २२, २०८१
काठमाडौं
भित्राउने बेलाको धानबालीमा गभारो, पराल पनि बिग्रियो

जेठोबुढो धानको 'पकेट' क्षेत्रका रूपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालामा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । 

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । गभारोले यसअघि बाली सखाप  नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । 

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ ।' फेवाफाँटमा गभारोको प्रकोप रहेछ । समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,' महाशाखा प्रमुख मनोहर कडरियाले भने । 

पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा उनले जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्