
कपिलवस्तुमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा यसोधरा गाउँपालिका- १ तितिर्खाका २६ वर्षीय ओमप्रकाश चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार उनको बिहीबार बिहान सोही ठाउँको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।