२३ जेठ २०८३, शनिबार

देशभरको मौसम सफा रहने

कात्तिक २३, २०८१
काठमाडौं
देशभरको मौसम सफा रहने

हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । 

गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्