२३ असार २०८३, मंगलबार

हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल

कात्तिक २३, २०८१
काठमाडौं
हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल
फाइल फोटो

अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडा वृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गरेका छन् ।

हवाई भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेकालगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्रीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडा वृद्धिबारे छलफल गरेका हुन् ।​​

त्यस अवसरमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई भाडा वृद्धि नियन्त्रणका लागि आफूले पहल गर्ने बताइन् ।

उनले अन्तरमन्त्रालय बैठक बसेर समस्या समाधान गर्ने उल्लेख गर्दै तत्काललाई यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहलका लागि अनुरोध गरिने जानकारी दिइन् ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले यस अघि भारतको  नयाँ दिल्लीबाट नेपालीहरू श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए ।

मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे । 

हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटक समेत मर्कामा परेको भन्दै मन्त्री भण्डारीले सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्