२५ जेठ २०८३, सोमबार

भैरहवामा एयर एशियाको दोस्रो उडान : सात विदेशी यात्रु लिएर आयो, ३२ नेपाली लिएर गयो

कात्तिक २३, २०८१
बुटवल
भैरहवामा एयर एशियाको दोस्रो उडान : सात विदेशी यात्रु लिएर आयो, ३२ नेपाली लिएर गयो

थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बैंकक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ।

एयर एशियाको यो नियमित उडान हो। यसअघि कात्तिक १८ गते सर्वसाधारण यात्रुविहीन आएर गएको उक्त विमान शुक्रबार भने यात्रुसहित आयो। यताबाट पनि यात्रु लिएर फर्कियो। 

शुक्रबार दिउँसो १२:३० मा ७ जना यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १:१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले लोकान्तरलाई जानकारी दिए। बज्राचार्यका अनुसार विमानमा आएका ७ जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए। 

‘सुरुको दिन यात्रुविहीन थियो’ बज्राचार्यले भने, ‘आज ३२ यात्रु लिएर गएको छ। यो हाम्रा लागि सन्तोषजनक अवस्था हो। यो संख्या वृद्धि हुँदै जानेछ भन्नेमा हामी आशावादी छौं।’ थाइ एयर एशिया १८० सिट क्षमताको जहाज हो। 

थाइ एयर एशियाले अब भैरहवा विमानस्थलबाट सातामा दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ बजे विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि उडान भर्नेछ।

कुवेतको जजिरा एयरवेजले पनि शनिबारदेखि भैरहवा विमानस्थलबाट नियमित उडान गर्दैछ। जसमध्ये फ्लाई दुबईले विमानस्थलबाट दैनिक एक उडान र जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

थाइ एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडौंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रर्वद्धनको काम भएको थिएन। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रहेको जनाइएको छ। विमानस्थलनमा उडान थपिएसँगै निजी क्षेत्र उत्साहित भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्