०७ असार २०८३, आइतबार

ब्याक गर्ने क्रममा खोलामा खस्यो जीप, चालकको मृत्यु

कात्तिक २३, २०८१
बाग्लुङ
ब्याक गर्ने क्रममा खोलामा खस्यो जीप, चालकको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए ।  

टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो । जीपमा चालक मात्रै सवार थिए । 

कमेन्ट गर्नुहोस्