काठमाडौं, २३ कात्तिक — ट्विटरले ट्वीटको क्यारेक्टर लिमिट बढाउने कोशिश गरिरहँदा जर्मनीका दुई युवकले दिमाग लगाएर क्यारेक्टरको सबै लिमिट नै भत्काइदिए ।
ट्विटरमा पहिला १४० क्यारेक्टरमा मात्र ट्वीट गर्न मिल्थ्यो तर अब यसलाई ३८० क्यारेक्टरको बनाइएको छ ।
तर जर्मनीका दुई युवकले १४०, २८० भन्दा धेरै धेरै बढी पूरै ३५ हजार क्यारेक्टरको ट्वीट गरेर कम्पनीलाई असहज स्थितिमा ल्याए ।
ट्विटरको एक कमजोरीको फाइदा उठाउँदै उनीहरूले यति लामो ट्वीट गरेका हुन् । त्यसो त ट्विटरले यसलाई तत्कालै डिलिट गरिदियो र अकाउन्टमा पनि अस्थायी प्रतिबन्ध लगायो ।
तर केही समयपछि प्रतिबन्ध ह्टयो ।
ट्वीटको पहिलो लाइनमा ‘साथीहरू, @Timrasset र @HackneyYT क्यारेक्टर लिमिट क्रस गर्न सकिन्छ । विश्वास लाग्दैन ? ल, हेर्नुस् ३५ हजार क्यारेक्टरको प्रमाण ।’ त्यसपछि उनीहरू बाँकी क्यारेक्टर लेखे ।
खासमा ट्वीटको मेन बडी एक यूआरएल हो । यूआरएललाई ट्विटरकै एक क्यारेक्टर मानिन्छ । भनाइको अर्थ, www. को पछि तपाईंले जति पनि क्यारेक्टर स्पेस नदिइकनै लेखेर अन्त्यमा .com वा .cc जस्तो एक्सटेन्सन लगाउनुस् ।
दुई युवकले पनि त्यसै गरे र ३५ हजार क्यारेक्टर भएको ट्वीट पोस्ट गरे । तर अब यसो गर्न सम्भव छैन । ट्विटरका एक प्रवक्ताले भविष्यमा यस्तो हुन नदिन आवश्यक कदम चालिएको बताएका छन् ।
एजेन्सी