साउदी अरबमा कार्यरत विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा दिन लागिएको छ ।
साउदी अरबस्थित नेपाली दूतावासका अनुसार साउदी सरकारले आप्रवासी घरेलु श्रमिकको हकमा केही लचकता देखाउँदै यस्तो सुधार गर्न लागेको हो ।
साउदी अरबको कडा नीतिले साउदी अरबमा घरेलुु श्रमिकका रूपमा पठाउँदै आएका देशले घरेलुु श्रममा नपठाउने नीति अवलम्बन गर्न थालेपछि साउदी सरकारले आफ्नो नीति सुुधार्न बाध्य भएको गोरखापत्रमा खबर छ ।