१० साउन २०८३, आइतबार

ट्रम्पलाई बधाई दिन जेलेन्स्कीले गरेको फोनमा जोडिए एलन मस्क

कात्तिक २४, २०८१
काठमाडौं
ट्रम्पलाई बधाई दिन जेलेन्स्कीले गरेको फोनमा जोडिए एलन मस्क

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताका क्रममा अर्बपति एलन मस्कलाई समेत सामेल गराएका छन् । 

रुससँगको युद्धमा युक्रेनलाई सञ्चार उपकरणमा सहयोग पुर्‍याउँदै आएका प्रभावशाली अर्बपति मस्क पछिल्लो समय ट्रम्पनिकट देखिएका छन् । 

तीन जनाबीच कुराकानी भएको अमेरिकी सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् । यस वार्तामा अमेरिकी नीतिमा कुनै परिवर्तनको कुरा उठ्यो कि उठेन भन्ने स्पष्ट छैन । 

मस्क ट्रम्पसँग फ्लोरिडामा रहेको निजी क्लब मार-ए-लागोमा थिए र त्रिपक्षीय वार्ता सकारात्मक रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । 

शुरूमा जेलेन्स्कीले ट्रम्पलाई बधाई दिन फोन गरेको र त्यसपछि ट्रम्पले मस्कलाई फोन हस्तान्तरण गर्दा उनले सञ्चार सहयोगका लागि मस्कलाई धन्यवाद दिएको न्युयोर्क टाइम्सको दाबी छ ।​​

ट्रम्पले रुस-युक्रेन युद्ध छिटो अन्त्य गर्ने वाचा गरेका छन् । उनले रुसले कब्जा गरेको युक्रेनी भूभाग रुसकै नियन्त्रणमा राख्न अनुमति दिने सम्भावना रहेको चर्चा चल्न थालेको छ । ​

ट्रम्पले निर्वाचनअघि भएको राष्ट्रपतीय बहसमा कुनै पक्षको समर्थन नगर्ने बताएका थिए भने बाइडेन प्रशासनबाट युक्रेनले पाएको सैन्य र वित्तीय सहायता धेरै भएको संकेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्