
काठमाडौं, २३ कात्तिक — भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक प्रदूषणका कारण समस्या आएपछि मानिसहरू अनलाइनमा हावा किन्न थालेका छन् ।
चीनमा पनि प्रदूषणका कारण यस्तो हावाको कारोबार हुने गरेकोमा अब भारतमा पनि हावा बिक्न थालेको छ । क्यानाडाली कम्पनी भाइटालिटी एयरले स्वच्छ हावा बेच्ने कारोबार गर्दैछ । अमेजनमा सजिलैसँग आठ लिटरको भाइटालिटी एयरको बोतल किन्न पाइन्छ ।
जोन ग्रीन नामक एक बेलायतीले स्विट्जरल्यान्डका पहाडहरूमा गएर बोतलमा हावा भरेर चीन र भारतमा बेच्ने गरेका छन् । उनको कम्पनीका कर्मचारीहरू बिहानै उठेर पहाडमा हावा कब्जा गर्न जान्छन् । यसलाई एयर फार्मिङ भनिन्छ ।
स्वच्छ हावाको बोतलको मूल्य लगभग दुई हजार रुपैयाँ पर्छ ।
एजेन्सी