२९ जेठ २०८३, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री चीन जाँदै, भौतिक पूर्वाधार मन्त्री ढकाललाई कार्यबाहकको जिम्मेवारी

कात्तिक २५, २०८१
बुटवल
लुम्बिनीका मुख्यमन्त्री चीन जाँदै, भौतिक पूर्वाधार मन्त्री ढकाललाई कार्यबाहकको जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन । 

छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफू नफर्किँदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन । 

मुख्यमन्त्री आचार्यले आज (आइतबार)देखि लागु हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन  । 

नेपालको संविधान र अन्य प्रचलित कानूनको अधीनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ ।

उनी भोलि साँझ चीन भ्रमणमा जाँदै छन् । कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । 

मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका उच्च अधिकारी सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्‌भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको हो ।

कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्