०५ साउन २०८३, मंगलबार

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

कात्तिक २५, २०८१
काठमाडौं
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

तेस्रो पटक थपिएको म्याद पनि सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराउँदैछ । 

 अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद गएराति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराउन लागेको हो ।

प्रहरीले पाएको म्याद सकिएपछि आज फेरि अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

सहकारी ठगीमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आज पनि प्रहरीले थप म्याद माग्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्