
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरे ।
मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।
सोमबारको भेटमा विश्व बैंकका प्रतिनिधिले माथिल्लो अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।