
पोखरा, २३ कात्तिक - नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले वाम गठबन्धनको बहुमतीय सरकारले मात्रै मुलुकमा राजनीतिक स्थायित्व दिनसक्ने बताएका छन् ।
कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–४ गैरापाटनमा स्थापना भएको वाम गठबन्धनको संयुक्त कार्यालयको आज उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक संमृद्धिका लागि भए पनि नेपाली जनताले यस पटक वाम गठबन्धनलाई बहुमत दिने आफू विश्वास्त रहेको बताए ।
नेता अधिकारीले दुई पटक बहुमत ल्याएर पनि काँग्रेसले पूरा अवधि सरकार चलाउन नसकेको उल्लेख गदैृ काँग्रेसले बहुमत ल्याए पनि स्थिर सरकार बनाउन नसक्ने धारणा व्यक्त गरे ।
पोखराको सडक बिस्तार, पुल निर्माण, खानेपानी योजनालगायत अधिकांश विकास निर्माणका काममा आपूmले विशेष योगदान पु¥याएको दाबी पनि उनले दाबी गरे ।
सो अवसरमा कास्की २ को प्रदेश (ख) का उम्मेदवार राजकाजी गुरुङले वाम गठबन्धन बनेपछि काँग्रेस अत्तालिएको टिप्पणी गरे ।
समानुपातिक उम्मेदवार तथा नेकपा एमाले निर्वाचन समितिका संयोजक सोमनाथ अधिकारी ‘प्यासी’ले गरिबीको अन्त्य गर्दै आर्थिक समृद्धितर्पm लम्कन पनि वाम गठबन्धनलाई मत दिनुपर्ने विचार व्यक्त गरे ।