१६ असार २०८३, मंगलबार

आजदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज

कात्तिक २७, २०८१
काठमाडौं
आजदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज

कतार एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट उडान भर्ने भएको छ ।  

मंगलबारदेखि ३० गतेसम्म १९ वटा उडान गर्ने गरी कतार एयरवेजले अनुमति पाएको जीबीआईएले जनाएको छ । 

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले मंगलबारदेखि कतार एयरवेजले हप्तामा सातै दिन दोहा–भैरहवा–काठमाडौं-दोहा उडान गर्ने बताए । 

कतार एयरवेजको जहाज दिउँसो २:४५ मा भैरहवा अवतरण हुनेछ । भैरहवामा दुई घण्टा बसरे ४:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने छ । काठमाडौंबाट साँझ ६:५५ बजे दोहा प्रस्थान गर्ने तालिका छ।

योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फलाई दुबई र थाइ एयर एशियाले उडान थालिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्