११ साउन २०८३, सोमबार

सुनको भाउ ह्यवात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

कात्तिक २७, २०८१
काठमाडौं
सुनको भाउ ह्यवात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा फेरि सुनको मूल्य ह्वात्तै घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २४०० रुपैयाँले घटेको हो । 

आज प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भैरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्