३१ असार २०८३, बुधबार

प्रतिकूल मौसमले रविलाई भैरहवा ल्याउन ढिलाइ, जहाजबाट झाेरेर फेरि प्रतिक्षा कक्षमा राखियो

कात्तिक २७, २०८१
बुटवल
प्रतिकूल मौसमले रविलाई  भैरहवा ल्याउन ढिलाइ, जहाजबाट झाेरेर फेरि प्रतिक्षा कक्षमा राखियो

प्रतिकूल मौसमका कारण रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउने कार्यमा ढिलाइ भएको छ । मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा उनलाई रूपन्देही ल्याउन ढिलाइ भएको हो । 

भैरहवा ल्याउन बिहान ५ बजे नै एयरपोर्ट पुर्याइएका उनलाई भिजिबिलिटी नहुँदा जहाज उड्न नसककेपछि मध्याह्नसम्म ल्याउन सकिएको छैन । 

यसअघि साढे १० बजे जहाज उड्ने तयारी थियो । त्यसका लागि रविलाई जहाजमा समेत बसाइएको थियो । तर, अझै भिजिबिलिटी कम भन्दै जहाज नउडेपछि उनलाई प्रतिक्षा कक्षमा झारिएको रूपन्देही प्रहरीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । 

भैरहवामा बिहान बोक्लो हुस्सु र कुहिरो लागेको थियो । अहिले पनि हुस्सु पूर्णतया हटिसकेको छैन । 

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । 

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो । 

भैरहवा विमानस्थलमा  भिजिविलिटी नपुगेपछि पोखरा बुद्ध एयरको जहाजमा चढिसकेका रवि लामिछानेलाई झारेर प्रतिक्षा कक्षमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्