०३ साउन २०८३, आइतबार

माटोको ढिस्कोले पुरिएर भारतमा चार महिलाको मृत्यु

कात्तिक २७, २०८१
काठमाडौं
माटोको ढिस्कोले पुरिएर भारतमा चार महिलाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित कासगञ्ज जिल्लाको मोहनपुरमा माटोको ढिस्कोले पुरिएर चार जना महिलाको मृत्यु भएको छ । 

धार्मिक कार्यक्रमका लागि मंगलबार बिहानै माटो लिन पुगेका उनीहरू ढिस्कोले पुरिएका हुन् । घटनामा दुई दर्जनभन्दा बढी महिला तथा बालबालिका घाइते भएका छन् । माटो निकाल्ने क्रममा ठूलो ढिस्को खसेर उनीहरू पुरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

घटना मंगलबार बिहान करिब ७ बजे आसपासको हो । घटनालगत्तै उद्धारका लागि स्थानीय र प्रहरी पुगेका थिए । प्रहरी र उद्धारकर्ताले यत्तिकै उद्धार गर्न नसकेपछि डोजर परिचालन गरिएको थियो ।

घटनास्थलबाट उद्धार गरिएका घाइते महिला र बालबालिकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार कम्तीमा २० जना माटोमुनि पुरिएका थिए । 

उद्धारलगत्तै अस्पताल पुर्‍याइएका चार महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कासगञ्जमा एक सत्संग कार्यक्रम चलिरहेको छ । सोही कार्यक्रमका लागि महिला र बालबालिका माटो लिन पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्