२६ जेठ २०८३, मंगलबार

बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

कात्तिक २७, २०८१
काठमाडौं
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट २ करोड ५० लाख रूपैयाँ जरिवाना भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-९ का ३७ वर्षीय दिव्य श्रेष्ठ छन् । 

श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनलले २०८० असार ३ गते दुई करोड ५० लाख पीडितलाई भराई बिगोबमोजिम दुई करोड ५० लाख नै जरिवाना गर्ने आदेश गरेको थियो ।

साथै, क्षतिपूर्ति बापत पीडित राहत कोषमा १० लाख जम्मा गराउन भनेको थियो । अदालतमा मुद्दा परेपछि फरार रहेका उनलाई प्रहरीले सोमबार जावलाखेलबाट पक्राउ गरेर मंगलबार अदालतमा पेस गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्