२२ जेठ २०८३, शुक्रबार

दिपक मनाङ्गे उम्मेदवार भएको  मनाङमा पुग्यो निर्वाचन सामग्री

कात्तिक २३, २०७४
दिपक मनाङ्गे उम्मेदवार भएको  मनाङमा पुग्यो निर्वाचन सामग्री


पोखरा, २३ कात्तिक - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मनाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत निर्वाचन सामग्री पु¥याइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र, मतपेटिका, थपिएका मतदाताका परिचयपत्र, मतदाता शिक्षा सामग्री, स्ट्याम्प प्याड, मसी, छेकबार, झोला, टर्च लाइटलगायत ६४ प्रकारका निर्वाचन सामग्री मनाङ पुगेको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी गणेशबहादुर बुढाले जानकारी दिए । 

चार गाउँपालिका रहेको मनाङमा मुलुककै सबैभन्दा कम पाँच हजार ८८१ मतदाता छन् । तीमध्ये पुरुष दुई हजार ८४८ र महिला तीन हजार ३३ छन् । निर्वाचनका लागि प्रतिनिधिसभामा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रका लागि एक स्वतन्त्रसहित नेपाली काँग्रेस र नेकपा (एमाले) का छ मात्रै उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि २८ मतदान केन्द्र कायम गरिएको छ ।  त्यहाँ एमालेको समर्थनमा विवादास्पद दिपक मनाङ्गे समेत उम्मेदवार छन |

salt training

कमेन्ट गर्नुहोस्