०५ साउन २०८३, मंगलबार

२० हजार घुस र स्रोत नखुलेको ९६ हजार रुपैयाँसहित २ अदालतका कर्मचारी पक्राउ

कात्तिक २७, २०८१
काठमाडौं
२० हजार घुस र स्रोत नखुलेको ९६ हजार रुपैयाँसहित २ अदालतका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । ​ कपिलबस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे मंगलबार पक्राउ परेका हुन् ।

 बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले  तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । 

२० हजार घुस रकम र  स्रोत नखुेलेको छयानब्बे हजार आठ सय रुपैयाँसहित उनीहरुलाई कपिलबस्तु नगरपालिका वडा नम्बर १ स्थित गौढी चोकबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको घिमिरेको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्