२३ असार २०८३, मंगलबार

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन

कात्तिक २७, २०८१
कास्की
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् । 

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । 
 
उनका अनुसार आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई साँझ तामाङ लडेको जानकारी दिएका थिए । सम्पर्कविहीन भएका उनको खोजीका लागि आज बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका छन् । 

टोली हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि स्थानीय पर्यटन व्यवसायीसहितको उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्