२० असार २०८३, शनिबार

एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा डा जोशी निर्वाचित

कात्तिक २७, २०८१
काठमाडौं
एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा डा जोशी निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा गीताभक्त जोशी कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा निर्वाचित भएका छन् । 

अष्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जोश मनुआतुलाई महासचिवमा निर्वाचित गरेको छ । एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरु सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको सो पार्टीले जनाएको छ । 

डा जोशीलाई पार्टी कार्यालयमा सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एपिडियुको नेतृत्व तहमा राप्रपा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्