१५ असार २०८३, सोमबार

प्रचण्डले सुरु गरे घरदैलो अभियान

कात्तिक २३, २०७४
प्रचण्डले सुरु गरे  घरदैलो अभियान


चितवन, २३ कात्तिक - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि घरदैलो अभियान शुरु गरेका छन्  । 

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उनले  घरदैलो अभियान शुरु गरेका हुन्  । 

घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गरिन्  । 

अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको ‘प्रचण्ड’लाई भेट्न पाउँदा खुसी लागेको बताए  । 

घर दैलोका क्रममा अन्यले पनि जंगली जनावर र खोलाको त्रास हटाई दिन उनलाई  आग्रह गरेका थिए । 

सो क्रममा अध्यक्ष दाहालले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदि कटान रोक्ने आश्वासन दिए । 

कात्तिक २७ गतेसम्म चितवन रहने  अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

घरदैलो अभियान शुरु गर्नु अघि अध्यक्ष दाहालले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटनसमेत गरे  । 

salt training

कमेन्ट गर्नुहोस्