२२ जेठ २०८३, शुक्रबार

रास्वपाको पत्रकार सम्मेलन स्थगित

कात्तिक २८, २०८१
काठमाडौं
रास्वपाको पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजलाई तय गरेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजेलाई राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको जानकारी दिएको हो ।

'राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ । 

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेदेखि नै रास्वपाले राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध प्रदर्शन गर्दै आएको छ । 

रास्वपामा विरोध र प्रदर्शनलाई अझै कडा बनाउने कि नरम बनाएर जाने भन्नेमा विवाद छ ।

salt training

कमेन्ट गर्नुहोस्