३१ जेठ २०८३, आइतबार

यादव र ठाकुरलाई काँग्रेसले सघाएपछि राजपाका नेता असन्तुष्ट

कात्तिक २४, २०७४
यादव र ठाकुरलाई काँग्रेसले सघाएपछि राजपाका नेता असन्तुष्ट


काठमाडौँ, २४ कात्तिक  -  सङ्घीय समाजवादी फोरम (ससफो) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई नेपाली काँग्रेसले सघाउने भएपछि दुई नेतामा उत्साह देखिए पनि मधेसवादी दलका अन्य नेता भने असन्तुष्ट भएका छन् । 
काँग्रेस र मधेसवादी दलबीच सुरुमा लोकतान्त्रिक गठबन्धन बनाई तालमेल गर्न छलफल भएको थियो तर राजपा नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो र काँग्रेस नेता विमलेन्द्र निधि एकै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएपछि तालमेलमा सहमति हुन नसकेको गोरखापत्रमा खबर छ  ।  
शीर्ष नेतालाई सहयोग हुने गरी तालमेल गर्ने विषयमा छलफल भए पनि काँग्रेसका कारण सहमति हुन नसकेको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बताए  ।  सहमति नभए पनि काँग्रेसले फोरम अध्यक्ष यादव र संयोजक ठाकुरलाई मात्र सघाउने निर्णय गरेपछि मधेसी दलका अन्य नेता त्यसै विषयलाई लिएर असन्तुष्ट देखिएका हुन्  ।  

salt training

कमेन्ट गर्नुहोस्