०५ साउन २०८३, मंगलबार

यूएईविरुद्ध शानदार जीत निकाल्दै नेपाली महिला टिम यू–१९ विश्वकपमा छनोट

कात्तिक २८, २०८१
काठमाडौं
यूएईविरुद्ध शानदार जीत निकाल्दै नेपाली महिला टिम यू–१९ विश्वकपमा छनोट

परम्परागत प्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टिम यू–१९ टी- २० महिला विश्वकपका लागि छनोट भएको छ । 

८४ रनको लक्ष्य १६ ओभर अगावै पूरा गर्दै नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट भएको हो ।

नेपाल पहिलोपटक महिला विश्वकपमा छानिएको हो । 

नेपालले ८४ रनको लक्ष्य २ विकेट गुमाएर १४ दशमलव ४ ओभरमा पूरा गर्दै उत्कृष्ट जीत हात पारेको हो । ​

रनरेटमा यूएईलाई पछाडि पार्नै पर्ने खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पारेको हो ।

नेपाललाई विश्वकपमा छनोट हुन १६ ओभरमै जीत आवश्यक थियो ।

नेपाललाई सहजै जिताउन ओपनर सना प्रविनले नटआउट ३५ रन बनाइन् । कप्तान पूजा महताले १८ बलमा २१ र सावित्रा धामीले १२ रन बनाइन् ।

टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।​​

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरकासहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् ।

नेपालका लागि रिया शर्मा र सीमा केसीले समान २/२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकी थिइन् ।

यू–१९ टी–२० महिला विश्वकप २०२५ जनवरीमा मलेसियामा हुँदैछ । समूह डीमा नेपाल, अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।

salt training

कमेन्ट गर्नुहोस्