२६ जेठ २०८३, मंगलबार

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

कात्तिक २८, २०८१
काठमाडौं
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर करिब २० ग्रामसहित दुई जनालाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका-१४ का २५ वर्षीय अनिल भट्ट र मोरङ बेलबारी नगरपालिका-५ का २१ वर्षीय टेकबहादुर पुरी रहेका छन् । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख २९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्