०८ साउन २०८३, शुक्रबार

उमा कुङफुमा राई निर्विरोध, १५ सदस्यीय कार्यसमिति बन्यो

कात्तिक २८, २०८१
काठमाडौं
उमा कुङफुमा राई निर्विरोध, १५ सदस्यीय कार्यसमिति बन्यो

नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । संजित संस्थापक सदस्य पनि हुन् ।

संजितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जितेका छन् । उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा संजितले २ स्वर्ण जितेका छन् ।

भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका संजितले विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए ।

केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ रहेका छन् । कमल मगरले महासचिव, कृष्णकुमार मगरले सचिव र सूर्य तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए । गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भए ।

salt training

कमेन्ट गर्नुहोस्