
उत्तर कोरियाले केहि पहिले जापानमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेसँगै अमेरिकासँग उसको सम्बन्ध बिग्रिएको छ । उत्तरले निरन्तर क्षेप्यास्त्रको परीक्षण गरिरहेको भन्दै विरोध हुने गरेके छ ।
उत्तरसँग हतियार धेरै भएका अनुमानहरूकाबीच विज्ञहरूले त्यसलार्इ समर्थन गरेका छन् ।
उत्तर कोरियाको हतियार र सैन्य क्षमता अनुमान गरेभन्दा बढी शक्तिशाली भएको विज्ञहरूले बताएका छन् । उक्त देशले यसमा थप सुधार ल्याइरहेको उनीहरूको भनाइ छ ।
उत्तर कोरियाले महाद्वीपपारि आणविक विस्फोट गर्न सक्ने क्षेप्यास्त्र निर्माण गरिसकेको रिपोर्ट सार्वजनिक भएको थियो । यो हतियारलाई साँच्चै खतरनाक बनाउका लागि इन्सुलेसनको विषय मात्र बाँकी रहेको बताइएको छ ।
दक्षिण कोरियाले लगातार उत्तर कोरियाको सैन्य क्षमताका बारेमा चेतावनी जारी गरिरहेको छ । विशिष्ट किसिमका कारवाही गर्न उत्तर कोरिया सक्षम रहेको दक्षिणको दाबी छ ।
उत्तर कोरियाको आणविक मामिला सम्बन्धी अध्ययन गर्ने ब्युरोका महानिर्देशक ली साङ-हले हालै दक्षिण कोरिया सरकारलाई उत्तरका क्षेप्यास्त्र युरोपसम्म पनि पुग्न सक्ने क्षमता भएका ब्रिफिङ गरेका छन् ।
उत्तर कोरियाको केएन-०८ क्षेप्यास्त्र निर्माणकै क्रममा छ र यसले सात हजार ५०० मिल टाढासम्म प्रहार गर्न सक्छ ।
यससम्बन्धी विस्तृत विवरण प्राप्त भएको छैन ।
उत्तर कोरियाबाट भागेका मानिसहरूका अनुसार किम जोङ उनले आणविक हतियारको सपना देख्नुका अलावा परम्परागत सैन्यशक्तिलाई पनि विकसित गरिरहेका छन् ।
एजेन्सी