२६ जेठ २०८३, मंगलबार

सांसदलाई कारबाहीको माग गर्दै मन्त्रीले दिए कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी​

कात्तिक ३०, २०८१
काठमाडौं
सांसदलाई कारबाहीको माग गर्दै मन्त्रीले दिए कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी​

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कांग्रेस सांसदलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईंलाई कारबाही माग गर्दै उनले उजुरी दिएका हुन् ।

मन्त्री पाण्डेले आफूविरुद्ध शृङ्खलाबद्ध रूपमा कुप्रचार गरेको सांसद बजगाईंविरुद्ध कांग्रेस केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।​ उनले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएका हुन् ।

'नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ,' उजुरीमा भनिएको छ ।​​​​​ 

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलामा पोस्ट गरेका थिए ।

'प्रतिनिधिसभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबूकमार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानूनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिदिनु हुन अनुरोध गर्दछु,' उजुरीमा भनिएको छ ।​

यस्तो छ उजुरी 

null

salt training

कमेन्ट गर्नुहोस्