२८ जेठ २०८३, बिहीबार

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?​

कात्तिक ३०, २०८१
काठमाडौं
अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?​

बैंकहरूले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

मंसिर १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले कात्तिक महिनाको तुलनामा मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । 

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसत ५.९६ प्रतिशतमा झरेको छ । जुन कात्तिक महिनाका लागि ६.१८ प्रतिशत रहेको छ । मंसिर महिनामा निक्षेपको ब्याजदर ०.२२ प्रतिशतले घटेको छ । 

त्यस्तै, असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । भदौमा मुद्दती निक्षेपको ब्याजदर औसत ६.५२ प्रतिशत रहेको थियो ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार राष्ट्रिय वाणिज्य बैंकले मात्रै मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

त्यस्तै, मंसिरका लागि ११ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने, ८ वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

मंसिर महिनामा मुद्दती निक्षेपका लागि सबैभन्दा बढी एनआईसी एसिया बैंकले ब्याजदर दिने भएको छ । मंसिरमा यस बैंकले ६.७९ प्रतिशतको ब्याजदर तोकेको छ । 

त्यसैगरी सबैभन्दा कम नेपाल इन्भेस्टमेन्ट बैंकले ५.५ प्रतिशतको ब्याजदर निर्धारण गरेको छ ।

कुन बैंकको ब्याजदर कति ?

null

salt training

कमेन्ट गर्नुहोस्