१५ असार २०८३, सोमबार

पोखराका कृषकलाई महानगरले अनुदानमा दियो आलुको बिउ

कात्तिक ३०, २०८१
पाेखरा
पोखराका कृषकलाई महानगरले अनुदानमा दियो आलुको बिउ
फाइल फोटो

पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

विभिन्न कृषक समूहको मागका आधारमा आलुको बिउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए । अघिल्लो वर्ष पोखरामा २५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो ।

उनका अनुसार पोखरामा आलुखेती चार सय रोपनी क्षेत्रमा विस्तार गर्नेगरी २९ हजार ५० किलोग्राम बिउ ५० प्रतिशत अनुदानमा दुई सय ५० कृषि फर्म, समूह तथा सहकारीलाई वितरण गरिएको हो ।

आलुको बिउको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरी ५० प्रतिशत अनुदानका लागि महानगरपालिकाले १० लाख १६ हजार सात सय ५० रुपैयाँ लगानी गरेको छ ।

आलुको बिउ उत्पादनका लागि अघिल्लो वर्ष पोखराका कृषकलाई अनुदान सहयोग गरिएकामा तिनै कृषकबाट यस वर्ष अनुदानमा वितरण गर्ने बिउ खरिद गरिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्