
चितवन, २४ कात्तिक– चुनावी घरदैलो कार्यक्रममा रहेका माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले चितवनका जनताको अभिमत लिएर राष्ट्रको नेतृत्व गर्ने बताएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर तीनमा घर दैलो कार्यक्रममा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी राजनीतिक स्थायित्व र विकासमा केन्द्रीत भएको बताए ।
निर्वाचनमा जनताको ठूलो उत्साह रहेको पाएको बताउँदै प्रचण्डले स्थानीय स्तरको विकासमा जनताले विशेष चासो राखेको बताए ।
घर दैलो कार्यक्रममा उनले ९९ वर्षीया वृद्ध महिलाबाट माला लगाएर आशिर्वाद लिएका थिए ।