११ साउन २०८३, सोमबार

भारतले जित्यो दक्षिण अफ्रिका विरुद्धको टी-२० सिरिज

मंसिर १, २०८१
काठमाडौं
भारतले जित्यो दक्षिण अफ्रिका विरुद्धको टी-२० सिरिज

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीले दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिजमा ऐतिहासिक जीत हात पारेको छ । गएराति अन्तिम खेल १३५ रनले जित्दै चार खेलको सिरिज भारतले ३–१ ले जितेको हो ।

जोहानेसबर्गको वान्डरर्स स्टेडियममा खेलिएको अन्तिम खेलमा टिम भारतका कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए, जसमा सञ्जु सैमसन र तिलक वर्माको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले २० ओभरमा एक विकेट गुमाएर २८३ रन बनाउन सफल भयो ।

भारतका तिलक वर्माले १२० र सञ्जु सामसन १०९ रनको शानदार इनिङ खेले । अभिषेक शर्मा ३६ रन बनाएर आउट भए । तिलकले प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिजको अवार्ड प्राप्त गरे।

लक्ष्य पछ्याउने क्रममा अफ्रिकी टोली १८.२ ओभरमा १४८ रनमै सीमित भयो । बलिङमा भारतीय टोलीका अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिए ।

एडेन मार्करामको कप्तानीमा रहेको टी-२० सिरिजमा दक्षिण अफ्रिकी टोलीले ब्याटिङ र बलिङ दुवैमा निकै खराब प्रदर्शन गरेको थियो, जसमा सिरिजको अन्तिम खेलमा अफ्रिकी टोलीका बलरहरूले नराम्ररी हार बेहोरेका थिए। 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दक्षिण अफ्रिकाको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि गत वर्ष अस्ट्रेलियासँग १११ रनको हार बेहोरेको थियो । योसँगै टी-२० अन्तर्राष्ट्रियमा रनको अन्तरमा भारतको यो तेस्रो ठूलो जीत हो।

भारतले दोस्रो इनिङ्सको पावरप्लेमा नै जितको आधार तयार गरेको थियो । पावरप्लेको ६ ओभरमा अर्शदीप सिंह र हार्दिक पाण्ड्याले ४ विकेट लिएर टोलीलाई ३० रन मात्रै बनाउन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्