०४ साउन २०८३, सोमबार

हाम्रो भान्सा चलाउन पनि भारतबाट सामान किन्नुपर्ने बाध्यता छ : गगन थापा

मंसिर १, २०८१
काठमाडौं
हाम्रो भान्सा चलाउन पनि भारतबाट सामान किन्नुपर्ने बाध्यता छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म पनि घरको भान्सा चलाउनका लागि भारतबाट सामान किन्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको बीपी अध्ययन केन्द्र भवन उद्घाटन कार्यक्रममा बोल्दै थापाले नेपालले वार्षिक रूपमा तीन खर्बको कृषिजन्य वस्तु मात्रै आयात गरिरहेको बताए । 

‘हामीले आफ्नो भान्सा चलाउनका लागि भारतबाट सामान किन्नुपर्छ । हामीले वर्षको करिब ८ अर्ब रूपैयाँको मकै आयात गर्छौं । करिब ७ अर्बको भटमास आयात गर्छौं । करिब ३ खर्ब रूपैयाँको कृषिजन्य उत्पादनहरू आयात गर्छौं’, उनले भने, ‘हामीले सरकारको ढुकुटीमा जम्मा भएको पैसा निकाल्ने काम मात्रै गर्‍यौं । कहिल्यै त्यो सरकारको ढुकुटीमा पैसा कहाँबाट जम्मा हुँदैछ भन्ने कुरा हेरेनौं । सरकारको ढुकुटीमा पैसा भन्सारमा लगाइएको करबाट मात्रै आइरहेको थियो ।’ 

उनका अनुसार मानिसहरू बजारमा गएर सामान किन्ने क्रम घटेसँगै आयात गर्ने सामान पनि घट्दै गयो र आयात हुने सामान घट्दै गएसँगै सरकारले उठाउने कर पनि घट्दै गयो । 

‘जसले गर्दा सरकारको ढुकुटी खाली हुँदै गयो । त्यसैले अहिले सरकारले ठेकेदारलाई पैसा दिन सकेन भन्ने कुरा आइरहेको छ । कहिले काम गरेको पैसा दिन सकेन भन्ने कुरा सुनिरहेका छौँ । यस्तो अप्ठ्यारोका बिचमा यो सरकार बनेको छ । त्यसैले चुनौतीहरू पनि त्यत्तिकै छन्’, थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्