०७ असार २०८३, आइतबार

लाजिम्पाट घटनामा संलग्न रहेको आरोपमा झापाबाट थप एकजना पक्राउ

मंसिर १, २०८१
काठमाडौं
लाजिम्पाट घटनामा संलग्न रहेको आरोपमा झापाबाट थप एकजना पक्राउ

राजधानीको लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि भएको आक्रमणको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालई पक्राउ गरेको छ । 

गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई झापाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा गएको कात्तिक ११ गते लमामाथि अन्धाधुन्ध रड प्रहार भएको थियो ।

रड प्रहारबाट घाइते लामाको उपचार जारी रहेको छ भने यो घटनामा यसअघि १ जना पक्राउ परेका थिए । 

कमेन्ट गर्नुहोस्